images
  • चाडवाडमा सीमा पारिबाट ५ हजारसम्मको सामान ल्याउँदा भन्सार नलगाऔं– रास्वपा सांसद बानु

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन १६, शुक्रबार १३:४१ गते
    images
    images
    images

    सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अप्सना बानुले चाडपर्वमा सीमा पारिबाट ५ हजारभन्दा कमको सामान ल्याउँदा भन्सार नलाग्ने व्यवस्था गर्न माग गरेकी छन्।

    शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बानुले गरिबहरुका लागि चाडवाड बोझ बन्ने अवस्था रहेकाले सो अवधीमा सीमा पारिबाट ५ हजार भन्दा कमका सामान ल्याउँदा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गर्न माग गरेकी हुन्।

    ‘चाडपर्व भित्रिरहेको समयमा सीमापारिबाट पाँच हजार रूपैयाँभन्दा कमको सामान ल्याउँदा कुनै पनि प्रकारको कर नलगाइयोस्। यसले मध्यमवर्गलाई राहत दिन्छ,’ उनले भनिन्। उनले महँगी अक्कासिएको र गाउँ फर्कने बाटो पनि संकटमा रहेको बताइन्।

    ‘हवाई टिकट सर्वसाधारणको पहुँचभन्दा धेरै बाहिर पुगिसकेको छ। इमानदारपूर्वक व्यापार गर्ने व्यापारी र आम जनता पिल्सिएका छन्। तर तस्करहरू अहिले पनि मोजमा छन्,’ उनले भनिन्।

    प्रतिक्रिया दिनुहोस्