images
  • राष्ट्रियसभा बैठक बस्दै

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन १५, बिहीबार १०:५२ गते
    images
    images
    images

    राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।

    बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ ।

    यसैगरी, प्रधानमन्त्री बालेन शाहले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची छ ।

    सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पुजा चौधरीले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची छ ।

    प्रतिक्रिया दिनुहोस्