images
  • विश्व पर्यटन दिवस मनाइँदै

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन ११, आईतवार ११:३४ गते
    images
    images
    images

    विश्व पर्यटन दिवस मनाइँदै छ । हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ ।

    आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

    यसवर्षको विश्व पर्यटन दिवसको नारा ‘पर्यटनको पुनःपरिकल्पनाका लागि डिजिटल कार्यसूची र कृत्रिम बुद्धिमत्ता’ रहेको छ ।

    सन् १९८० देखि संयुक्त राष्ट्र विश्व पर्यटन सङ्गठन (डब्लुटीओ) सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्