images
  • आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन १, बिहीबार ११:१५ गते
    images
    images
    images

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।

    मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा तथा लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ, सुदूरपश्चिम प्रदेशको तराईमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी, बागमती र कोशी प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ।

    आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

    देशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराई भूभाग तथा बागमती प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

    मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका केही स्थानमा, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

    प्रतिक्रिया दिनुहोस्