नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक कुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्त भएलगत्तै उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपतिसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिए।
आज मात्रै गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी थिइन्। उनको राजीनामासँगै रिक्त उद्योगमन्त्री पदमा साह नियुक्त भएका हुन्। नवनियुक्त मन्त्री साह सुनसरी ४ बाट निर्वाचित रास्वपाका सांसद हुन्।



Bishnu GC 



















प्रतिक्रिया दिनुहोस्