images
  • नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

    • Bishnu GC Bishnu GC
    • २०८३ भाद्र २५, बिहीबार १३:४१ गते
    images

    नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले ५ दिन अगाडि सुरु गरेको एक्रो ब्रिज जडानको कार्य सम्पन्न भएको छ ।

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि सर्वसाधरणका लागि आवतजावतमा समस्या भएको थियो । सेनाको टोलीले निरन्तर खटिएर पुल जडान पूरा गरेको हो ।

    नयाँ पुल जडान भएसँगै भोलिदेखि पैदल यात्रीहरूका लागि आवतजावत खुला गरिने भएको छ भने पर्सिदेखि सवारी साधनहरू समेत सञ्चालनमा आउने छन्।

    यसअघि भोटेकोशीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो।

    सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई राहत मिलेको छ।

    प्रतिक्रिया दिनुहोस्