• आजको मौसमः देशभर आंशिक बदली, तराईमा हुस्सु

    • chautaripatrika chautaripatrika
    • २०८२ पुष ८, मंगलवार ०८:४१ गते
    images

    काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जसका कारण हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ ।यस्तै, आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्