काठमाडौं । जय नेपाल पार्टीले भोटेकोसी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख ५१ हजार ६७६ रुपैयाँ सहयोग गरेको छ ।
पार्टीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बाढीबाट ठूलो मानवीय क्षति भएको कठिन घडीमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको जनाएको हो ।
यसैबीच, निर्वाचन आयोगमा दर्ता कायम रहेको राजनीतिक दल राष्ट्रिय एकता मञ्च जय नेपाल पार्टीमा विधिवत समायोजन भएको पार्टीले जनाएको छ ।
जय नेपाल पार्टीका सभापति धवलशमशेर राणाले राष्ट्रिय एकता मञ्चका अध्यक्ष बिजेन्द्रलाल जोशीलगायत पदाधिकारीलाई स्वागत गरेका थिए ।
त्यस्तै, केन्द्रीय सदस्य तथा सुपरिवेक्षण समितिका संयोजक मुकुन्दश्याम गिरीको अध्यक्षतामा सम्पन्न केन्द्रीय विभाग तथा समितिका संयोजकहरूको बैठकले आगामी १५ दिनभित्र विभाग तथा समितिलाई पूर्णता दिने निर्णय गरेको सचिवालय प्रमुख सगुन सुन्दर लावतीले जानकारी दिए ।



chautaripatrika 




















प्रतिक्रिया दिनुहोस्