• images

    रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश

    • chautaripatrika chautaripatrika
    • २०८२ पुष ३, बिहीबार १७:५९ गते
    images

    सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(स्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।बिहीबार उनलाई उच्च अदालत बुटवलका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    लामिछानेले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्नु पाउँ भनी निवेदन दिएका थिए । उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्