• आज हिमाली भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने

    • chautaripatrika chautaripatrika
    • २०८२ पुष ३, बिहीबार ०९:१५ गते
    images

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।जसका कारण हाल देशभर मौसम मुख्यतया सफा रहने छ ।

    महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    यस्तै, महाशाखाका अनुसार आज राती पनि देशभरको मौसम मुख्यतया सफा रहने छ ।

    प्रतिक्रिया दिनुहोस्