• images

    एमाले महाधिवेशन: नेतृत्व चयनका लाग मतदान हुँदै

    • chautaripatrika chautaripatrika
    • २०८२ पुष २, बुधबार ०६:२८ गते
    images

    नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै छ ।काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा मंगलबार साँझ मतदान सुरु गर्न खोजिएको थियो । यद्यपि, प्राविधिक समस्याका कारण मतदान समय आज बिहान ८ बजेका लागि तोकिएको छ ।

    एमालेको अध्यक्षको लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा रहेका छन् । उनीहरू दुवै जना प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । ओलीले महासचिवमा शंखर पोखरेललाई तथा पोखरेलले सुरेन्द्र पाण्डेलाई अगाडि सारेका छन् ।
    मतदान प्रक्रियाअन्तर्गत हिजो बिहान उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो । त्यसका आधारमा १४ जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्