सांसद आशिका तामाङले अब आफूलाई अलि ‘अपडेट’ गर्ने घोषणा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अबदेखि भद्र हुने, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालना गर्ने आशिका बन्ने प्रयास गर्ने बताएकी हुन् ।
पछिल्लो समय संसद्मा उनका केही प्रस्तुति र व्यवहारलाई लिएर प्रश्न तथा आलोचना भइरहेका बेला उनको यस्तो प्रतिज्ञा आएको हो । ‘अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालना गर्ने आशिका बन्ने कोसिस गर्नेछु,’ उनले लेखेकी छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद तामाङ सभामुखसँगै रिसाएकी थिइन् । उनी सभामुखसँग रिसाएर हिँडेकी थिइन् ।
संसद्मा उनको प्रस्तुति कहिलेकाहीँ राजनीतिक बहसभन्दा बढी व्यक्तिगत शैली र हाउभाउका कारण चर्चामा आउने गरेको आलोचकहरूको टिप्पणी छ।
त्यसैले अहिले उनको नयाँ संकल्पलाई कतिपयले ‘आशिकाको नयाँ भर्सन’ भनेर समेत हेर्न थालेका छन् ।



chautaripatrika 



















प्रतिक्रिया दिनुहोस्