images
  • बाढीपहिरो पीडितको उद्धार र पुनस्र्थापनामा सरकारको पहिलो ध्यान हुनुपर्छ : सांसद अर्याल

    • Bishnu GC Bishnu GC
    • २०८३ भाद्र १, सोमबार २०:०८ गते
    images

    नेकपा एमाले सांसद पदम कुमारी अर्यालले अविरल वर्षाका कारण देशभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् ।

    सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद अर्यालले विपद्मा परेका नागरिकको तत्काल उद्धार, घाइतेको उपचार र विस्थापितको पुनस्र्थापनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताइन् ।

    अर्यालले रोल्पामा दुई दिनमै १८ जनाको ज्यान जानेगरी भएको घटना अत्यन्तै दुःखद र कहालीलाग्दो भएको बताइन् ।

    उनले बाढीपहिरोका कारण बाजुरा, कास्कीको सीमालगायत देशका विभिन्न जिल्लामा ठूलो क्षति पुगेको बताइन् ।

    अर्यालले विपद्मा परेका तथा जोखिममा रहेका नागरिकको तत्काल उद्धार, घाइतेको उपचार र विस्थापित परिवारको पुनस्र्थापनाका लागि सरकारले पहिलो प्राथमिकतामा काम गर्नुपर्ने माग गरिन् ।

    उनले विपद्मा परेका नागरिकलाई सामान्य राहत उपलब्ध गराउँदैमा मात्र राज्यको अनुभूति नहुने बताउँदै संकटका बेला सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

    प्रतिक्रिया दिनुहोस्