• images
    images

    पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स आठौं स्थानमा, झन्डै दुई करोड पुरस्कार जित्यो

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण ३१, आईतवार २२:१९ गते
    images
    images
    images
    images

    नेपालको होरा ईस्पोर्ट्सले फ्रान्सको पेरिसमा भएको ईस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा आठौं स्थान हासिल गरेको छ ।

    फाइनलको अन्तिम दिन स्म्याश रुल लागु भएको थियो तर खेलको नतिजा टुङ्गो लाग्न भने अन्तिम खेलसम्म कुर्नुपर्‍यो । होराले १८ खेलमा कुल १०९ अंक जोडेर आठौं स्थान हासिल गरेको हो ।

    आठौं स्थानमा फिनिस गरेसँगै होराले कुल १ लाख २७ हजार ५०० अमेरिकी डलर पुरस्कार जितेको छ । समूह चरणमा ५७ हजार ५०० डलर पुरस्कार जितेको होराले फाइनलमा ७० हजार अमेरिकी डलर पुरस्कार जित्यो ।

    १ लाख २७ हजार अमेरिकी डलरको नेपाली मूल्य आजको दर अनुसार करिब १ करोड ९४ लाख ३१ हजार नेपाली रुपैयाँ हुन आउँछ ।

    यसअघि गत संस्करणको विश्वकपमा होरा नवौं भएर १ लाख २७ हजार ५०० अमेरिकी डलर पुरस्कार जितेको थियो ।

    प्रतिक्रिया दिनुहोस्