• images

    प्रधानमन्त्रीले भनिन शुदन मेरो जेठो छोरा हो , म आमानै रहने छु

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर २४, बुधबार २०:४२ गते
    images

    सरकार र जेन-जीबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ। सहिद परिवारका तर्फबाट सहिदका बुबा भोजराज थापा र प्रधानमन्त्री सुशीला कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे।

    हस्ताक्षर गरिसकेपछि धन्यवाद दिने क्रममा प्रधानमन्त्री कार्कीले सुदन गुरुङ मेरो जेठो छोरोलाई पनि धन्यवाद दिन चाहन्छु भनेपछि हलमा तालीको फोहोरा बजेको थियो।

    आफूलाई युवा पुस्ताले ‘आमा’ मानेकोमा कृतज्ञता व्यक्त गर्दै उनले आफू सधैँ युवा शक्तिको पक्षमा रहेको र युवा शक्तिले यो देशमा सत्ता ल्याएर उनीहरूको विचारले देश चलोस् भन्ने आफ्नो चाहना रहेको बताइन् ।

    युवा शक्ति देशमै बसून् र राम्रो राजनीतिज्ञ बनून् भन्ने प्रधानमन्त्रीको कामना थियो । उनले एउटै डकुमेन्टले सबैका इच्छा पुर्‍याउन गाह्रो हुने भए पनि दिनरात खट्ने जेनजीहरूलाई धन्यवाद दिइन् । यस क्रममा उनले सरकारका सचिव, कर्मचारीहरू, सुरक्षा निकाय लगायतलाई पनि धन्यवाद दिँदै सुदन गुरुङलाई आफ्नो जेठो छोरो भएको बताइन् ।

    जेनजी पुस्ताको आफू आमा भएको र आर्यघाटमा पुग्दा पनि आमा नै रहने भन्दै उनी भावुक भइन् ।

    प्रतिक्रिया दिनुहोस्