• images

    जापान पठाउने भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सञ्चालक बुटवलबाट पक्राउ

    • ओम डिसी ओम डिसी
    • २०८३ श्रावण २६, मंगलवार १३:४३ गते
    images

    काठमाडौं — आकर्षक वैदेशिक रोजगारीका लागि जापान पठाइदिने प्रलोभन देखाएर ११५ जना युवाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा ग्याट्सबी इन्टरनेसनलका सञ्चालक पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाङ्गाथली निवासी २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्। वैदेशिक रोजगार विभागले जारी गरेको पक्राउ पुर्जीका आधारमा प्रहरी टोलीले उनलाई बुटवलबाट नियन्त्रणमा लिएको हो।

    प्रहरीका अनुसार सञ्चालक बुढाथोकीले आफ्नो ग्याट्सबी इन्टरनेसनलमार्फत जापानका विभिन्न कम्पनीमा रोजगारी दिलाइदिने आश्वासन दिएका थिए। उनले प्रलोभनमा पारेर ११५ जना युवाहरूबाट कुल २ करोड ८० लाख रुपैयाँ रकम असुल गरेका थिए। रकम बुझाएपछि पनि तोकिएको समयमा जापान नपठाइएको र रकम फिर्ता माग्दा आलटाल गरेपछि पीडितहरू न्यायका लागि वैदेशिक रोजगार विभाग पुगेका थिए।

    प्रतिक्रिया दिनुहोस्