• यस्तो रहने छ आजको मौसम

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर २४, बुधबार ०८:४५ गते
    images

    काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।

    आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ। महाशाखाले राति पनि देशभरको मौसम मुख्यतया सफा रहने बताएको छ।
    काठमाडौँ उपत्यका आज बिहान ५:४५ बजेको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको थियो। आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।

    प्रतिक्रिया दिनुहोस्