ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १३९ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७९, सिसिटिभिमार्फत ९८, रातोबत्तीमा ७६ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा १८४, हर्न निषेधमा २४, लेन क्रसमा १९, अवस्था ठिक नभएको २३, एकतर्फीमा २३ र अन्यमा ६१३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।


Bishnu GC 














प्रतिक्रिया दिनुहोस्