• images

    पेट्रोलियम पदार्थ चोरी गर्ने टयाङ्करसहित ६ जना प्रहरीको नियन्त्रणमा

    • chautaripatrika chautaripatrika
    • २०८३ श्रावण २२, शुक्रबार १७:४० गते
    images

    पर्सा। नेपाल प्रहरीले पेट्रोलियम पदार्थ चोरी गरी बिक्री वितरण गर्ने कार्यमा संलग्न भएको अभियोगमा टयाङ्करसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

    वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडकखण्डस्थित सौदागर आयल सेन्टरमा ना.७ ख १५३९ नम्बरको टयाङ्करबाट तेल चोरी रहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    नियन्त्रणमा लिइएकामा वीरगञ्ज महानगरपालिका–३ का सुनैन मियाँ, १५ का असलम हवारी, ११ का रफिक मियाँ तथा हेटौंडा उपमहानगरपालिका–१० का केशर राम सुनार, १४ का मन्दसिंह लामा र  उमेश राना मगर रहेका छन् ।

    इण्डियन आयल कर्पोरेसनको बरौनी टर्मिनलबाट नेपाल आयल निगमको हवाइ इन्धन डिपो काठमाडौँ पुर्याउनुपर्ने २० हजार लिटर क्षमताको टयाङ्करबाट तेल चोरिरहेको अवस्थामा भेटेपछि निजहरुलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस्