• काठमाडौँमा बढ्यो चिसो,हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर २३, मंगलवार ०७:२९ गते
    images

    काठमाडौँ- काठमाडौँ उपत्यकामा फेरि चिसो बढेको छ।
    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस छ।

    तर आजको आधिकारिक न्यूनतम तापक्रम अहिले ८:४५ बजे फेरि मापन गरिन्छ। त्यतिबेलासम्म न्यूनतम तापक्रम अरू घट्न सक्छ अथवा कहिलेकाहीँ अहिलेकै कायम रहन पनि सक्छ।

    हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार अहिले सबै प्रदेशमा आंशिक बदली भएको छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका तराई भेगका एक दुई स्थानमा कुहिरो तथा बाँकी तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ।

    आइतबार दिउँसो देशका अधिकांश भागमा आंशिक बदली हुनेछ।त्यसैगरी, आइतबार राति कोशी, कर्णाली र सुदूरपश्चिमलगायत गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी तराई भागमा मुख्यतया मौसम सफा रहने छ। गण्डकी प्रदेशका हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

    प्रतिक्रिया दिनुहोस्