• कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

    • chautaripatrika chautaripatrika
    • २०८३ श्रावण ९, शनिबार १७:२१ गते
    images

    कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि पदबाट राजीनामा दिएका छन् । शनिबार (साउन ९) प्रदेशसभा बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् ।

    उनले सत्तासाझेदार दुई दलबीचको सहमतिको अवधि सकिएसँगै राजनीतिक विश्वासको वातावरण कमजोर बन्दै गएको र अन्ततः अविश्वासको प्रस्ताव दर्ता भएको पनि बताए ।

    दुई दलबीचको सहमति कार्यान्वयनका निम्ति आफूले निरन्तर पहल गरेको उनले जिकिर गरे । “दुई पार्टीको सहमतिको समयावधि सकियो । यसको बारेमा पहल गर्नुहोस् भनेको थिएँ । पहिलेको भन्दा अहिले नकारात्मक कुरा लेख्न कम भएको छ । आजको मितिसम्म आँच नआउने गरी कम गर्ने अवसर पाइयो,” उनले भने ।

    उनले प्रदेशको राजनीति अत्यन्त अस्थिर बनेको टिप्पणी गरे । विश्वास र अविश्वासबीचको दूरी निकै छोटो भएको उनले बताए । “एक दिनअघि विश्वास हुने, अर्को दिनपछि अविश्वास हुने अवस्था आयो,” उनले भने ।

    प्रतिक्रिया दिनुहोस्