• images

    कांग्रेसको नेतृत्वमा मधेस प्रदेशको सरकार गठनका लागि दाबी पेश

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर १९, शुक्रबार १८:५४ गते
    images

    जनकपुर । मधेस प्रदेशको नेतृत्वका लागि सातदलीय गठबन्धनले नेपाली कांग्रेसका कृष्ण यादवको नेतृत्वमा दाबी पेश गरेको छ ।मधेस प्रदेश प्रमुख कार्यालयमा सात राजनीतिक दलले कृष्ण यादवलाई मुख्यमन्त्रीको रुपमा अघि सार्दै मधेस प्रदेश सरकारको नेतृत्वका लागि दाबी पेश गरेको हो ।

    सात दलीय राजनीतिक गठबन्धनमा जसपा नेपाल, नेपाली कांग्रेस, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, लोसपा नेपाल र नेकपा एस रहेको छ ।कृष्ण यादव नेतृत्वको सरकारलाई कुल ७७ जना सांसदको समर्थन रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्