• images

    मधेसमा मन्त्रीको लोभ गरेपछि गुम्यो कञ्चन बिच्छाको सांसद पद

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर १९, शुक्रबार १८:४९ गते
    images

    जनकपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेसकी सांसद कञ्चन विच्छाको पद गएको छ । मधेस प्रदेश सभाले शुक्रबार विच्छालाई सांसद पदबाट हटाएको सूचना जारी गरेको हो ।नेकपा एमालेको नेतृत्वमा सरकार गठन भएपछि विच्छा पार्टीको आधिकारिक निर्णयविरुद्ध गई प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री बनेकी थिइन् । पार्टीले उनलाई तुरुन्तै मन्त्रीबाट राजीनामा दिन निर्देशन दिए पनि उनले मानिनन् ।

    उनको यही अटेरीका कारण राप्रपाले १२ मंसिरमा प्रदेशसभामा पत्र पठाउँदै विच्छाको प्रदेशसभा सदस्यता खारेज गर्न अनुरोध गरेको थियो । राप्रपाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ अनुसार सांसदबाट हटाइदिन माग गरेको थियो ।
    सोही अनुरोधका आधारमा प्रदेशसभा सचिवालयले कार्यसञ्चालन नियमावली २०७५ का नियम १९० र १९१ बमोजिम जानकारी गराउँदै औपचारिक सूचना प्रकाशित गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्