दैलेख, । दैलेखको महाबु गाउँपालिका वडा नम्बर ३ मा एक १४ वर्षीया नाबालिग बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा स्थानीय २० वर्षीय गणेश विष्ट पक्राउ परेका छन्। यही २०८३ साल असार ३१ गते भएको उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विष्टलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका विष्टमाथि जबरजस्ती करणी मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ। घटनाको थप अनुसन्धानका लागि सम्मानित जिल्ला अदालत दैलेखबाट म्याद थप अनुमति लिई अहिले उनलाई हिरासतमा राखेर प्रहरीले विस्तृत अनुसन्धान कार्य गरिरहेको छ।

chautaripatrika 


















प्रतिक्रिया दिनुहोस्