• images
    images

    ‘तिम्रो नशा’ म्युजिक भिडियो सार्वजनिक

    images
    images
    images
    images

    काठमाडौं । गायक नेहार बुढाथोकीको स्वरमा रहेको नयाँ म्युजिक भिडियो ‘तिम्रो नशा’ सार्वजनिक भएको छ। दिनेश खत्रीको शब्द तथा संगीत रहेको गीतमा विशाल निरौलाको संगीत संयोजन रहेको छ।

    मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा मिलन खड्का, पियरा दोङ, न्यूशन श्रेष्ठ, शिवराज डाँगी र दिनेश काठायतको अभिनय रहेको छ। मेकअप आर्टिस्ट आकृति खड्का, टेक्निकल हेड आशिष खत्री तथा प्रोडक्सन म्यानेजर अनिल पराजुली रहेका छन्।

    भिडियोको छायांकन, सम्पादन तथा कलर सनम तामाङले गरेका हुन् भने पोस्ट–प्रोडक्सन दामी क्रिएसनमा सम्पन्न गरिएको छ। दिनेश डार्कीको कथा, अवधारणा तथा निर्देशनमा तयार भएको ‘तिम्रो नशा’ म्युजिक भिडियो मिलन खड्काको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

    निर्माण टिमले गीत तथा भिडियोप्रति दर्शक–श्रोताको सकारात्मक प्रतिक्रिया र मायाको अपेक्षा गरेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्