• images

    भाद्र २३ गतेलाई जेनजी सहीद दिवसको रुपमा मनाउने निर्णय [ भिडिओ ]

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर १५, सोमबार २३:५१ गते
    images

    सरकारले प्रत्येक बर्ष भाद्र २३ गतेलाई जेनजी सहीद दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका मृत्युवरण गरेका सहीदहरुको सम्झनामा प्रत्येक बर्ष भाद्र २३ गतेलाई जेनजी सहीद दिवसको रुपमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

    बैठकले जेनजी आन्दोलनका क्रममा सहीद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमान, श्रीमति, अविवाहित छोरी÷अविवाहित छोरालाई गृहमन्त्रालयले फोटोसहितको परिचयपत्र उपलव्ध गराउने निर्णय पनि गरेको छ ।

    त्यस्तै बैठकले आगामी माघ १ गतेदेखि एकपटकमा पाँच लाख रुपैया वा सो भन्दा माथिको सेवा, बस्तुको खरिद बिक्रि वा अन्य कारोवार गर्दा बितिय संस्था वा बैंकिङ उपकरणबाट गर्नुपर्नेगरि नगद कारोवारको सीमा निर्धारण गर्ने निर्णय गरेको छ ।
    त्यस्तै बैठकले श्रीलंकामा हालैको बाढि पहिरोले धनजनको ठूलो क्षति भएको सन्दर्भमा नेपाल सरकारको तर्फबाट श्रीलंका सरकारलाई सहायता स्वरुप दुई लाख अमेरिकी डलर उपलव्ध गराउने निर्णय गरेको छ ।

    भिडियो

    प्रतिक्रिया दिनुहोस्