• images
    images

    काठमाडौँमा दिउँसै घरभित्रै खुकुरी प्रहार

    • chautaripatrika chautaripatrika
    • २०८२ आश्विन २, बिहीबार १५:१४ गते
    images
    images
    images
    images

    गोकर्णेश्वर–७ शिवचोकमा आजै दिउँसो घरभित्रै खाना खाइरहेकी एक महिलामाथि चार जनाको समूहले आक्रमण गरेका छन्। आक्रमणकारीहरूले खुकुरी प्रहार गरी उनलाई गम्भीर घाइते बनाएका हुन्।

    प्रत्यक्षदर्शीका अनुसार, पीडित महिला आफ्नो घरभित्र परिवारसँग खाना खाइरहेकी बेलामा चार जनाको समूह अचानक पसेर आक्रमण गरेको हो। घटनापछि स्थानीयवासी र परिवारले उनलाई तत्काल अस्पताल पुर्‍याएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

    यो घटनाले राजधानीमै घरभित्र बस्दा पनि सुरक्षित महसुस गर्न नसकिने अवस्था बनेको भन्दै स्थानीयवासीमा त्रास फैलिएको छ। “अब आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने परिस्थिति आएको छ,” एक स्थानीयले भने।

    प्रहरीले घटनामा संलग्न आक्रमणकारीको खोजी कार्य अघि बढाएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्