• दुईपटकको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्स एसियन टोली जापानसँग बराबरीमा रोकियो

    • Bishnu GC Bishnu GC
    • २०८३ असार १, सोमबार ०४:०५ गते
    images

    फिफा विश्वकप २०२६ मा एउटा यस्तो खेल भएको छ । जसले फुटबल दुनियाँलाई पूरै हल्लाएर राखिदिएको छ । अमेरिकाको डलास स्टेडियममा दुई-दुई पटकको अग्रता जोगाउन नसक्दा फुटबलको पावरहाउस मानिने नेदरल्यान्ड्स एसियाली टापु जापानसँग २-२ को बराबरीमा रोकिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा मैदानमा जे-जे भयो , त्यसले संसारभरका फुटबल प्रेमीहरूको ढुकढुकी बन्द गराइदियो । नेदरल्यान्ड्सले जित आफ्नो पोल्टामा पारिसकेको थियो । तर ८९औँ मिनेटमा जापानले यस्तो पुनरागमन गर्‍यो कि डच टोली हेरेको हेर्यै भयो ।

    खेलको ५०औँ मिनेटमा नेदरल्यान्ड्सका स्टार डिफेन्डर भर्जिल भान डाइकले उत्कृष्ट हेडरमार्फत गोल गर्दै डच टोलीलाई १-० को अग्रता दिलाए । तर त्यसको ठीक सात मिनेटमा अर्थात् ५७औँ मिनेटमा जापानका केइतो नाकामुराले गोल फर्काएर खेललाई १-१ को बराबरीमा ल्याए ।

    खेल यहाँ झन् तातियो जापानले बराबरी गरेको ठीक सात मिनेटपछि अर्थात् ६४औँ मिनेटमा नेदरल्यान्ड्सका क्रिसेन्सो समरभिलले सानदार गोल गर्दै टोलीलाई फेरि २-१ को अग्रता दिलाए । खेल सकिनै लाग्दा सबैलाई लागेको थियो कि नेदरल्यान्ड्सले ३ अंक पक्का गर्‍यो । तर सामुराई ब्लु भनिने जापानी टोली हार मान्नेवाला थिएन । खेलको ८९औँ मिनेटमा कर्नरबाट आएको बललाई डाइची कामाडाले हेडरमार्फत सिधै जाली चुमाएर खेललाई २-२ को रोमाञ्चक बराबरीमा ल्याइदिए ।

    त्यसपछि खेलमा कुनै गोल हुन सकेन र दुवै टोलीले अंक बाँड्न बाध्य भए । यो खेलले के प्रमाणित गर्छ भने विश्व फुटबलमा अब एसियाली टोलीहरूलाई कमजोर सम्झिने गल्ती कसैले पनि गर्नु हुँदैन ।

    प्रतिक्रिया दिनुहोस्