• संसदमा सीताले सुनाइन ‘देश बिर्सिएको दिन’ शिर्षकको कविता

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ २८, बिहीबार २१:१६ गते
    images

    प्रतिनिधिसभाको विहीबारको बैठकमा नेपाली कांग्रेसकी सांसद उर्मिला(सीता)थपलियाले कविता वाचन गरेकी छन् ।

    प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवादका सम्बन्धमा दिएको अभिव्यक्तिलाई लक्षित गर्दै कविता सुनाएकी हुन् । बिहीबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफ चित्त नबुझेको भन्दै उनले कविता सुनाएकी हुन् ।

    उनले देश बिर्सिएको दिन शीर्षकको कविता सुनाएकी हुन् ।

    देश बिर्सिएको दिन

    तिमीले देश बनाउँछु भन्यौ

    म ढुक्क थिएँ

    तर एकाएक

    तिम्रो बोलीको प्रतिध्वनि पनि नमेटिँदै

    आफ्नै आमाको

    अस्मितामाथि औँला उठायौ !

    माटो छोएर कसम खायौ

    तर

    त्यही माटोमाथि प्रश्न गर्न थाल्यौ

    अनि आमाको महिमा गाइरह्यौ

    तर सन्तान हुनुको कर्तव्य भुल्यौ

    काख र कोखको माया बिर्सियौ  !

    त्यसैले आज म ढुक्क होइन

    मेरो मन देशको चिन्ताले

    ढुकढुक भैरहेको छ । ।

    स्वार्थले प्रेरित भएपछि

    सायद धेरै कुरा बिर्सन सकौला

    तर नबिर्स

    तिमीमाथि असीम भरोसा बोकेर

    मतको भारी बिसाउने जनतालाई नबिर्स

    जनता उभिएको माटोलाई नबिर्स

    तिमीलाई आशिष दिने

    ति बा–आमालाई नबिर्स ! ! !

    यसरी बिर्सने सिलसिला बढ्दै गयो भने

    एक दिन तिमीले देशलाई नै बिर्सन सक्छौ

    र जुन दिन देश बिर्सिन्छौ

    त्यो दिन

    तिमि कस्को शासक बन्नेछौ ?

    भन

    त्यो दिन तिमि

    कस्को शासक बन्नेछौ?

    प्रतिक्रिया दिनुहोस्