राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले समसामयिक राजनीतिका विषयमा छलफल गर्न आकस्मिक सर्वदलीय बैठकको आव्हान गरेका छन् । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको आधिकारिक सूचना अनुसार यो बैठक जेठ २५ गते बिहान ९ : ०० बजे सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्ने तय भएको छ ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छ , जसमा प्रत्येक दलका पार्टी अध्यक्ष वा सभापतिसहित दुईजना सहभागी हुनुपर्नेछ । महामन्त्री बुर्लाकोटीका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरूमा सर्वदलीय बैठकको सूचना सहितको आमन्त्रण पत्र पठाइसकिएको छ । देशको राजनीतिक अवस्था तरल बन्दै गएको बेला रास्वपा सभापति रवि लामिछानेले सिंहदरबारमा यसरी सबै दलका प्रमुखहरूलाई एकै ठाउँमा बोलाउनुलाई राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको छ ।

Bishnu GC 















प्रतिक्रिया दिनुहोस्