• images
    images

    काभा महिला भलिबलको उपाधिका लागि आज इरान र कजाकिस्तान भिड्दै

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ १५, शुक्रबार ११:०२ गते
    images
    images
    images
    images

    काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को उपाधिका लागि आज इरान र कजाकिस्तान बीच प्रतिस्पर्धा हुँदैछ ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल आज दिउँसो ४ः३० बजे सुरु हुनेछ । दुवै टोली सेमिफाइनलमा प्रभावशाली जित निकाल्दै उपाधि नजिक पुगेका हुन् ।

    यसअघि बिहीबार भएको दोस्रो सेमिफाइनलमा इरानले घरेलु टोली नेपाललाई ३–० को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेको थियो । नेपाल सेमिफाइनलमै रोकिएपछि अब कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने भएको छ ।

    पहिलो सेमिफाइनलमा कजाकिस्तानले भारतलाई ३–० कै सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

    आजै तेस्रो स्थानका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र भारतबीचको खेल दिउँसो १ बजे सुरु हुने तालिका रहेको छ । घरेलु समर्थकमाझ नेपालले कांस्य पदक जित्ने लक्ष्यसहित उत्रिनेछ ।

    प्रतिक्रिया दिनुहोस्