• images
    images

    कर ईदले धार्मिक सद्भाव र भाइचारा मजबुत बनाउँछ : मुख्यमन्त्री कार्की

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ १४, बिहीबार २१:३० गते
    images
    images
    images
    images

    कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पवित्र पर्व बकर ईद (इद–उल–अधा) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

    मुख्यमन्त्री कार्कीले शुभकामना सन्देश जारी गर्दै त्याग, समर्पण, सहिष्णुता, आपसी सद्भाव र मानव सेवाको सन्देश बोकेको बकर ईदले समाजमा आपसी एकता, भाइचारा, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् ।

    उनले यस पर्वले सबै समुदायबीच प्रेम, सम्मान, सहकार्य र आपसी विश्वास अझ सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसाँस्कृतिक विशेषतायुक्त नेपाली समाजमा यस्ता पर्वले विविधताबीचको एकता कायम गर्न उत्प्रेरित गरिरहेको उल्लेख गरेका छन् ।

    मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले आफ्नो स्थापना कालदेखि नै सबै जातजाति, धर्म र संस्कृतिको सम्मान गर्दै तिनको संरक्षण र संवद्र्धनलाई विशेष प्राथमिकतामा राखेको बताएका छन् । सीमित स्रोत र साधनका बाबजुद सबै धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्न प्रदेश सरकार प्रयत्नशील रहेको उनको भनाइ छ ।

    शुभकामना सन्देशमार्फत मुख्यमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायसहित सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्