• ४ दिनदेखि हराएकी महिलाको शव फेला

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ १२, मंगलवार २२:२६ गते
    images

    मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव स्थानीय बक्राहा खोलाको डिलमा फेला परेको छ ।

    चार दिनदेखि हराइरहेकी लिम्बूको शव आज बिहान स्थानीयले गाईबस्तु चराउने क्रममा देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय उर्लाबारीको टोली घटनास्थल पुगेर मुचुल्का तथा अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।

    स्थानीयका अनुसार शव फुलिएको अवस्थामा थियो। मृतकको पहिचान उनले लगाएको कपडाका आधारमा श्रीमान्ले गरेका हुन् । प्रहरीले घटनाको कारण खुल्न बाँकी रहेको जनाएको छ । शव परीक्षणका लागि पठाउने तयारी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्