• तीजमा पुरुषहरुले ब्रत बसे समानता आउँछ ः मन्त्री खड्का

    • chautaripatrika chautaripatrika
    • २०८२ भाद्र ८, आईतवार १७:१७ गते
    images

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले तीजको ब्रत पुरुषहरुले पनि बस्ने हो भने समान हुने बताएका छन् ।
    आइतबार काठमाडौंमा आयोजित तीज विशेष कार्यक्रममा उनले पछिल्लो समय पुरुषहरुले पनि साथ सहयोग गर्ने गरेको भन्दै ब्रत पनि लिने हो भने समान हुने बताए ।
    उनले भने, ‘तीज महिलाहरुको मात्र रहेन् । पुरुषहरुले पनि त्यत्तिकै सहभागि हुने साथ सहयोग गर्ने र सबैको पर्व हो भनेर मनाउन थालिएको छ । तर पुरुषहरुले पनि ब्रत बस्ने हो भन्ने बल्ल समानता आउँछ भन्ने लाग्छ ।’
    यस्तै, उनले तीज सबै धर्मावलम्बीहरुले मनाउने र भाइचारा बढाउने चाड भएको हुनाले पनि यसको महत्व बढ्दै गएको बताए ।
    धार्मिक, सांस्कृति र सामाजिक कुराले नेपालीहरु एकदमै धनी भएको पनि उनको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस्