• बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ११, सोमबार २०:०० गते
    images

    काठमाडौं । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।
    प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम वर्षे अधिवेशन आह्वान गरेका हुन् । यो अधिवेशन आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम, बजेट तथा प्रदेश सरकारका प्राथमिकतामाथि केन्द्रित रहने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्