• मलेसिया जाने नेपाली महिला क्रिकेट टोलीको बिदाइ

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ३, आईतवार २३:२५ गते
    images

    एसियन गेम्स छनोट र एसिसी महिला प्रिमियर कपमा भाग लिने नेपाली महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार मलेसियामा मे २३ तारिखदेखि सुरु हुने उक्त प्रतियोगितामा भाग लिने टोलीको बिदाइ गरेको हो । दुवै प्रतियोगिताको टोली इन्दु बर्माको कप्तानीमा घोषणा भइसकेको छ ।
    एसियन गेम्स छनोट मलेसियामा मे २३ देखि ३१ तारिखसम्म र एसीसी महिला प्रिमियर कप जुन १ देखि १३ तारिखसम्म हुने छ ।

    प्रतिक्रिया दिनुहोस्