• मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ३, आईतवार २३:२१ गते
    images

    नेपाल मोवाइल व्यवसायी महासंघको अध्यक्षमा रमेश घिमिरे निर्वाचित भएका छन्।काठमाडौंमा सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा घिमिरे निर्वाचित भएका हुन्।

    निर्वाचन समितिका प्रमुख सन्तोष भण्डारीका अनुसार अन्य पदाधिकारीतर्फ वरिष्ठ उपाध्यक्षमा डिल्ली बहादुर तामाङ, सात उपाध्यक्षतर्फ उदय बहादुर केसी, दिल बहादुर लामा, सुवास बम, दिपक पाण्डे, दिपक बाबू बोगटी, बद्री कुँवर, सुरेश बानियाँ निर्वाचित भएका छन्।

    यसैगरी महासचिवमा छतेन्द्र आचार्य, कोषाध्यक्षमा लवकृष्ण श्रेष्ठ, चार सचिवमा ङेमा लामा, नारायण सुवेदी, विष्णु ज्ञवाली र सपना नहर्की छन्। यस्तै सहकोषाध्यक्षमा रुद्रमणी धिताल चुनिएका छन्।केन्द्रीय सदस्यहरूतर्फ नवराज चौलागाईं, शेष नारायण शर्मा, हिमाल लम्साल, मुकुन्द सत्याल, लोकेन्द्र बुढाथोकी, विवेक बाध्यकार, सिताराम तिमल्सिना, दिल बहादुर तामाङ, भगत बहादुर रावल, यादव सुवेदी, दिपेन्द्र प्रदास अवस्थी, शिव प्रसाद खतिवडा, रुजन श्रेष्ठ, दिपक कुमार ओझा, कविन्द्र अधिकारी, मिलन स्याङ्तान, सन्तोष थापा, हरी प्रसाद पौडेल, चिन्तामणी खरेल, केशव खनाल, चन्द्र प्रसाद न्यौपाने, टेक बहादुर थापा, गणेश बहादुर बोगटी, राजु सिंह टुकरीया निर्वाचित भएका छन्।

    नवनिर्वाचित कार्यसमितिले आजै पदभार ग्रहण गरेको महासचिव छतेन्द्र आचार्यले जानकारी दिए। महाधिवेशनमा ७ अध्यक्ष र कोषाध्यक्ष तथा सहकोषाध्यक्ष पदमा मात्र निर्वाचन भएको थियो। अध्यक्ष सहित अन्य पदाधिकारी र सदस्य भने निर्विरोध निर्वाचित भएका थिए। महाधिवेशनमा सहभागी हुन देशभरबाट १५ सय प्रतिनिधि काठमाडौ आएका थिए।

    प्रतिक्रिया दिनुहोस्