• images
    images

    ३३ किलोमिटर लामो प्रथम छायाँनाथ अल्ट्रा रेस सुरु

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ३, आईतवार २२:२१ गते
    images
    images
    images
    images

    मुगुको कार्मारोङ गाउँपालिकामा आयोजित ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’ प्रतियोगिता सुरु भएको छ । ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’ आइतबार बिहान देखि औपचारिक रुपमा सुरु भएको हो ।

    हिमाली भू–भागको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको छायाँनाथ क्षेत्रलाई विश्वसामु चिनाउने उद्देश्यसहित यो प्रतियोगिता सञ्चालन गरिएको हो । यो आयोजनामा ५१ जना खेलाडी सहभागी रहेका छन ।

    ३३ किलोमिटर दुरीको यो प्रतियोगिता किर्मीदेखि छायाँनाथ धाम, चितै गाउँ, चितै कुना हुदै पुलु बजार सम्म पुगेर आजै बेलुका सम्पनन् हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्