प्रधानमन्त्री वालेन्द्र शाह अर्थात् बालेन शाह जसको एउटा फेसबुक पोस्टले सिङ्गो देशको राजनीति मात्र होइन, सामाजिक सञ्जालको अल्गोरिदम समेत हल्लिदिन्छ। गत शनिबार एउटा सेतो सर्ट लगाएको फोटो पोस्ट गरेर सामाजिक सञ्जालमा बहसको आँधी ल्याएका बालेनले यो शनिबार अर्को धमाका गरेका छन्। तर, यसपटक यो केवल फोटो मात्र होइन, यो सिंहदरबारका सुकिला-मुकिला र विदेशी मदिरामा रमाउनेहरूका गालामा कडा झापड हो!
यसपटक प्रधानमन्त्री बालेनले कुनै विदेशी ब्रान्ड, कुनै विलासी रिसोर्टको खाना प्रचार गरेका होइनन्। उनले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (DDC) ले उत्पादन गरेको रैथाने ‘याक चिज’ खाँदै गरेको फोटो सार्वजनिक गरेका छन्।भाषणमा आत्मनिर्भरताको खोक्रो गफ छाँट्ने, बजेट भाषणमा स्वदेशी उत्पादन बढाउने नारा घन्काउने, तर बेलुकाको डिनरमा विदेशी ब्रान्ड खोज्ने नेता र कर्मचारीतन्त्रका लागि बालेनको यो फोटो एउटा खुला चेतावनी हो। देशको प्रधानमन्त्री आफैँले सरकारी संस्थानको उत्पादन टोक्दै फेसबुकमा तस्बिर हाल्नुको अर्थ बुझ्नुभएको छ? यसको सिधा अर्थ हो। सक्छौ भने आफ्नै देशको खाऊ, आफ्नै देशको उत्पादनलाई ब्रान्ड बनाऊ।
हो, केही मान्छेहरूलाई बालेनको यो शैली स्न्ट’ लाग्न सक्छ। तर, वर्षौँदेखि घाटामा गएर बन्द हुन लागेका सरकारी संस्थानहरूलाई ब्युँताउन अर्बौँको विज्ञापन होइन, देशको कार्यकारी प्रमुखको यस्तै एउटा ‘कडा’ र ‘बोल्ड’ कदम काफी हुन्छ। विदेशी चिज र विदेशी विलासितामा आँखा गाड्नेहरूका लागि बालेनले फेसबुकबाटै राष्ट्रवादको नयाँ परिभाषा सिकाइदिएका छन्। बालेनको सेतो सर्टको सादगी पछि, यो याक चिजको राष्ट्रियताले अहिले फेसबुक र टिकटकका भित्ताहरू रङ्गिएका छन्।
तसर्थ, कुरा स्पष्ट छ बालेन शाह केवल कुर्सीमा बसेर फाइल मात्रै पल्टाउने प्रधानमन्त्री होइनन्, उनी ट्रेन्ड सेट गर्ने र स्वदेशी बजारलाई गति दिने गेम चेन्जर हुन्। भाषण फेन्सी गरेर देश बन्दैन, नियत सफा र प्रहार कडा हुनुपर्छ भन्ने कुरा बालेनले फेरि साबित गरिदिएका छन्। अब पालो जनताको र ती सुकिला मुकिला नेताहरूको विदेशी ब्रान्ड त्याग्ने कि बालेनको यो राष्ट्रिय ब्रान्डिङलाई स्विकार्ने?

Bishnu GC 











प्रतिक्रिया दिनुहोस्