• संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने

    • Bishnu GC Bishnu GC
    • २०८३ बैशाख २८, सोमबार १०:३० गते
    images

    संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ बजे संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

    राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा दिउँसो ३ :४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई आग्रह समेत गरेको छ ।यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभाको दुवै बैठक दिउँसो २ बजेदेखि छुट्टाछुट्टै सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्