सुकुम्बासी हटाउने सरकारी कदमविरुद्ध सर्लाहीका सुकुम्बासी पनि आन्दोलित भएका छन् । शुक्रबार जिल्लाको बागमती नगरपालिका – १२ स्थित पुतली चोकमा भेला भएका उनीहरूले नाराबाजी गर्दै र्याली र कोणसभा गरेका हुन् ।
बागमती नगरपालिकासहित आसपासका स्थानीय तहबाट ऐलानी, पर्ती, वन क्षेत्र तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका परिवारहरू प्रदर्शनमा सहभागी भएका थिए । उनीहरूले ‘उठिवास होइन, व्यवस्थापन गर’, ‘गरिबलाई पनि बाँच्न दे सरकार’ र ‘जग्गा सरकारको भए जनता कसको ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनकारीहरूले सरकारले सुकुम्बासी व्यवस्थापनको नाममा आफूहरूलाई वर्षौंदेखि बसोबास गर्दै आएको स्थानबाट हटाउन खोजेको आरोप लगाएका छन् । वैकल्पिक व्यवस्थाबिनै उठिवास गराउन खोजिएको भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका हुन् ।भारी वर्षाका बीच पुतली चोकबाट सुरु भएको र्याली बागमती पुल हुँदै वीर गोर्खाली चोक पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।

सभामा बोल्दै श्रेष्ठले व्यवस्थापनको नाममा सुकुम्बासीलाई विस्थापित गर्न नहुने बताए । उनले ‘जग्गा सरकारको भए जनता कहाँ जाने ?’ भन्दै सरकारको भूमिनीतिमाथि प्रश्न उठाए । नागरिक तहमा सरकारको रबैयाले त्रास र चिन्ताको अवस्था सृजना भएको भन्दै व्यवस्थापनको नाममा सरकार सुकुम्बासी प्रति तानाशाही बनेको नेता श्रेष्ठले आरोप समेत लगाए ।

Bishnu GC 
















प्रतिक्रिया दिनुहोस्