images
  • दिक्तेल समाज काठमाडौंको वार्षिक उत्सव समारोहमा लाखे नाच प्रदर्शनी

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण २१, बुधबार १५:३२ गते
    images
    images
    images

    खोटाङको दिक्तेल समाज काठमाडौंले १६ औं वार्षिक उत्सव समारोहमा लाखे नाच प्रदर्शनी गरेको छ ।
    बुधबार दिक्तेल समाज काठमाडौंले नेवा समुदायको कला, संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले १६ औं वार्षिक उत्सव समारोहका साथै लाखे नाच प्रदर्शनी गरेको हो ।
    खोटाङ जिल्लाका दिक्तेलबासी टंक बहादुर श्रेष्ठले दिक्तेलमा नेवा समुदायले जस्तैगरी नेवा पर्वहरु मनाइने बताए ।
    उनले भने, ‘दिक्तेल समाज भनेको नेवा समुदायको नितान्त कला संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले दिक्तेल समाज काठमाडौंले लाखे नाच नचाइरहेका छौ । दिक्तेलबाट काठमाडौं आएका करिब १२२ घर परिवार यहाँ छौ । हामी हाम्रो पुर्खाले जसरी दिक्तेलमा गरिरहनु भएको थियो त्यसरी नै यहाँ गरिरहेको छौ ।’
    यस्तै पुख्र्यौली घर खोटाङ दिक्तेल भएकी कलाकार दिपाश्री निरौलाले सबै जना मिलेर नेपाली संस्कारलाई जोगाउनुपर्ने बताइन् ।
    ‘लाखे नाच परम्परा हो । यसलाई हामी सम्पूर्ण नेपालीहरुले जोगाएर राख्नुपर्छ । त्यसकारण अहिलेको पिढीले झन धेरै खोजिरहेका छन् । अहिलेको पिढी यति चलाख हुुनुन्छ उहाँहरुले युटुवमा, गुगलमा खोजेर त्यही माध्यमबाट आफ्नो कला राखिरहनु भएको छ । अबको पिढीले परम्परा बिर्सिदैनन् । बिर्सिए भने पनि हामी झक्झकाउछौ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस्