राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भावी प्रधानमन्त्रीको लागि भएको सहमति कार्यान्वयन गर्ने रास्वपाले आफ्नो पार्टीको विधान संशोधन गर्ने भएको छ । राष्ट्रिय रास्वपाले संसदीय दलको नेता चयन गर्ने विधानको व्यवस्थालाई संशोधन गर्न लागेको हो ।
रास्वपाको संसदीय दलको नेता चयन गर्ने विधानको व्यवस्थामा सम्पूर्ण सदस्यले मतदान गर्ने प्रावधान रहेको छ । रास्वपाको विधानको धारा ६६ मा संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ ।
उक्त धाराको ८ (ख) संसदीय दलको नेता चयन गर्न ‘पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने’ उल्लेख छ । रास्वपाले सोही बुदालाई संशोधन गर्न लागेको हो ।
रास्वपाले संसदीय दलको नेता छान्ने विषयलाई सहज बनाउनका लागि विधान संशोधन गर्न लागेको हो । बहुमत पार्टी सदस्यबाट संसदीय दलको नेता चयन गर्ने व्यवस्था व्यवहारिक नभएको निक्र्यौलसहित रास्वपाले विधान संशोधन गर्न लागेको हो । तत्काल रास्वपाका लागि पार्टीका सदस्यहरूबाट संसदीय दलको नेता चयन गर्ने विधि सम्भव नभएपछि रास्वपाले विधान संशोधन गर्न लागेको हो ।


Bishnu GC 
















प्रतिक्रिया दिनुहोस्