सिरहा जिल्ला अदालत र बार भवननजिकै बम विस्फोट भएको छ ।जिल्ला अदालतको नजिकै पूर्वपट्टी रहेको मधेश ल फर्ममा बम विस्फोट भएको हो । घटनास्थलको साइडमा सिरहा बार एशोसिएसनको कार्यालयसमेत छ ।
विस्फोट भएको ल फर्म अधिवक्ता मधुसुदन यादवको रहेको छ ।सिरहा जिल्ला अदालतका प्रमुख न्यायाधीश डा. श्रीप्रकाश उप्रेतिले ल फर्ममा बम विस्फोट भएको जानकारी दिँदै बाह्रखरीसँग भने, ‘‘बम विस्फोट अदालतबाट पूर्वपट्टी रहेको सडकको केही माथि रहेको ल फर्ममा भएको हो । अदालतमा होइन । अहिले घटनास्थलमा प्रहरी आएर अनुसन्धान सुरु भइसकेको छ ।
अहिले त्यहाँ प्रहरी परिचालन गरिएको छ । नेपाल बारका महासचिव केदार कोइरालाले पनि ल फर्ममा बम विस्फोट भएको बताए । कोइरालाका अनुसार, क्षतिसहितको थप विवरण आउन बाँकी छ ।


Bishnu GC 














प्रतिक्रिया दिनुहोस्