• images

    काठमाडौंको पहेँलो पुलस्थित झाडीबाट पेस्तोल बरामद

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन २७, बुधबार १६:२६ गते
    images

    काठमाडौंको गोकर्णेश्वरबाट पेस्तोल बरामद भएको छ ।

    गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा पहेँलो पुलस्थित खोला छेउको झाडीबाट एक थान पेस्तोल, तीन थान म्याग्जिन र एक सय राउन्ड गोली मंगलबार दिउँसो प्रहरीले बरामद गरेको हो ।

    प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उक्त हतियार बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्