• पशुपति देवपत्तनमा सञ्चालन हुने पूजा र जात्राको समय तालिका सार्वजनिक

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन २७, बुधबार १०:०८ गते
    images

    पशुपतिनाथमा पशुपति देवपत्तनमा सञ्चालन हुने जात्रा पर्व र पूजाको समय तालिका सार्वजनिक भएको छ ।

    फागुन २७ गतेदेखि चैत्र ६ गतेबाट पशुपति देवपत्तनमा सञ्चालन हुने पूजा र जात्राको कार्यक्रमको समय तालिका सार्वजनिक भएको हो ।
    पशुपति देवपत्तनमा पूजा, पाहाँचरे पर्व, माता श्री वत्सलेश्वरी देवी एवं माता बज्रेश्वरी देवीको पर्व पूजा तथा जात्राको कार्यक्रमको समय तालिका सार्वजनिक भएको हो ।

    चैत्र ३ गते मंगलबार चैत्रकृष्ण चतुर्दशी भएकोले राति ९ः३० बजे श्रीवत्सलेश्वरी देवीमा कर्मचारी पूजाका लागि आकाश भैरव, महादेव, वत्सलेश्वरी माताको प्रतिमूर्ति घटमा राखी श्रीवत्सलेश्वरी मन्दिरमा लैजाने भएको छ ।

    चैत्र ४ गते चैत्रकृष्ण औँसी र प्रतिपदा भएकोले बिहान ७ देखि राति ५ बजे सम्म तिलगंगा टोलबाट बज्रेश्वरीको मूर्ति इन्द्रायणीमा ल्याउने र सोही दिन श्रीवत्सलेश्वरीको घटयात्रा सुरु हुने छ । यसै दिन माता श्रीवत्सलेश्वरी एवं आकाश भैरवको जात्रा पनि आरम्भ हुने छ ।

    चैत्र ५ गते बिहीबार राति ५ बजे पशुपतिनाथ मन्दिर तहबिलबाट विशेष पूजा चलाउने भएको छ ।

    यसै दिन राति ९ बजे पशुपतिनाथ अमलकोट कचहरीबाट बाजागाजा सहित श्रीका मूलपूजारी निवासमा जाने र मूलपूजारीज्यूबाट सम्पूर्ण रकम तथा कर्मचारीलाई पगरी बाँड्ने काम हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्