• images
    images

    आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्दैँ

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण २०, मंगलवार १०:५९ गते
    images
    images
    images
    images

    काठमाडौं । आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्ने भएको छ ।
    मङ्गलबार बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी मौखिक पत्रहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।
    यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२०’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।
    साथै, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।
    ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने, उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले “वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्