• images
    images

    अन्ततः पोखराबाट बिदा लिएर सिन्धुली लाग्यो हायु परिवार

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण १९, सोमबार १६:४३ गते
    images
    images
    images
    images

    सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ निवासी हायू परिवार अन्ततः आफ्नै जिल्ला फर्किएका छन्। पोखरामा सम्पर्कविहीन अवस्थामा भेटिएका उर्मिला हायूसहित १९ सदस्यीय परिवारलाई स्थानीय वडाध्यक्ष रवीन श्रेष्ठको जिम्मा लगाएर बिदा गरिएको हो।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरि बस्नेतका अनुसार, पोखरा महानगरपालिका–३ स्थित गगनगौंडामा गोविन्दप्रसाद भण्डारीको घरमा बस्दै आएका उनीहरूलाई प्रहरीको सहयोगमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बिदाइ गरेका हुन्।

    यसअघि हायू परिवार घरमै बाख्रा, भैसी छाडेर अचानक सम्पर्कविहीन भएपछि परिवारबारे चिन्ता व्यक्त गरिएको थियो। खोजतलासपछि उनीहरू पोखरामा सुरक्षित अवस्थामा फेला परेका थिए।

    हायू परिवारका अनुसार, गोलन्जोरस्थित आफ्नै घरमा बस्दा परिवारलाई क्षति पुग्ने डरले उनीहरू त्यहाँबाट निस्किएका थिए। अहिले भने वडाध्यक्ष श्रेष्ठले उनीहरूलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउने आश्वासन दिएका छन्।

    प्रतिक्रिया दिनुहोस्