खोटाङको हलेसीबाट दर्शन सकेर फर्किँदै गरेको यात्रुवाहक गाडी दुर्घटनामा परेर १८ जना घाइते भएका छन् ।
उनीहरु सवार रहेको गाडी (प्रदेश २–०१–००१ ज ००५३ नम्बर) हलेसी तुवाचुङ नगरपालिका–१ स्थित दौत्या खोलानजिक करिब दुईय मिटर तल खसेको थियो । गाडी सिरहाबाट रिजर्भमा यात्रु लिएर हलेसी मन्दिर दर्शनका लागि गएका तीर्थयात्रीहरूलाई बोकेर फर्कँदै थियो ।
दुर्घटनापछि गम्भीर घाइते भएका १० जनालाई काठमाडौंस्थित ट्रमा सेन्टरमा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रतिक विष्टले जानकारी दिए । अन्य ६ जना घाइतेमध्ये अधिकांशलाई उपचारपछि डिस्चार्ज गरिएको उनले बताए ।
दुर्घटना गम्भीर अवस्थामा रहेकी सिरहा जिल्लाको नरहा गाउँपालिका–३ की ममतादेवी यादवलाई घुर्मी पठाइएकोमा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये गम्भीर अवस्थाका केही नामावलीः
१. राजु यादव – टाउको, छाती र दाहिने हातमा चोट
२. रामशरण ठाकुरकी श्रीमती – आँखामा गम्भीर चोट, बोल्न नसक्ने
३. सविता कुमारी यादव (३२ वर्ष)
४. मिथिला कुमारी यादव (४० वर्ष)
५. दुर्योधन यादव (७९ वर्ष, धनुषा)
६. पुनम यादव (३० वर्ष)
७. लक्ष्मी शर्मा (३२ वर्ष)
८. नदिन शर्मा (३२ वर्ष)
९. धनेश्वर यादव (५७ वर्ष)
१०. झालु देवी यादव
त्यस्तै, सामान्य घाइतेहरूमा रञ्जित यादव, शिला शर्मा, मिना कुमारी शर्मा, शिबम शर्मा (१० वर्ष), दिपेन्द्र यादव र कुस्मवती यादव (७० वर्ष) रहेका छन् ।
दुर्घटनापछि गाडीका चालक सिरहा नगरपालिका–३ का २८ वर्षीय रामनाथ साह फरार छन् । उनको खोजीकार्य र घटनाको अनुसन्धान भइरहेको खोटाङ प्रहरीले नेपाल न्यूज बैंकलाई जानकारी दिएको छ ।

chautaripatrika 















प्रतिक्रिया दिनुहोस्