• images

    कांग्रेसमा तेस्रो धार सक्रिय

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष २५, शुक्रबार ११:१५ गते
    images

    नेपाली कांग्रेसमा तेस्रो धार सक्रिय रूपमा छलफलमा जुटेको छ। पुस २७ गतेदेखि महाधिवेशन गर्ने पक्ष र चुनाबपछि मात्र महाधिवेशन गर्ने संस्थापन पक्षबीच टक्कर परेका बेला कांग्रेसमा तेस्रो धार सक्रिय भएको हो।

    यो समूह चुनाबभन्दा अगाडि नै महाधिवेशन गर्ने तर विशेष नभइ नियमित नै महाधिवेशन गर्ने पक्षमा छ ।

    २५ केन्द्रीय सदस्यहरूको यो समूह अहिले पार्टीमा देखिएको विवाद समाधानका लागि भन्दै छुट्टै छलफलमा जुटेको छ। यो समूहले सभापति शेरबहादुर देउवा र अर्को समूहका नेता शेखर कोइराला तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेटेर विवाद समाधानको उपाय खोज्न आग्रह गरिसकेको छ।

    तेस्रो धारका २५ केन्द्रीय सदस्य अहिले ललितपुरको कुपण्डोलमा छलफलमा छ ।

    प्रतिक्रिया दिनुहोस्